रास्वपाका सांसद नरेन्द्रको सीएमजी क्लव क्यासिनोमा प्रहरी छापा, ६ जना गिरफ्तार
भैरहवा । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले सीएमजी क्लव क्यासिनोमा छापामारेर चार जनालाई गिरफ्तार गरेको छ ।
रुपन्देही प्रहरीले बुधबार तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्रामस्थित सीएमजी क्लव क्यासिनोमा छापामारेको थियो । क्यासिनोमा नेपाली नागरिकहरूलाई प्रवेश गराइ जुवा खेलाउने र खेल्ने कार्यमा संलग्न गराएको भेटिएपछि गिरफ्तार गरेको हो । क्यासिनो ड्रिमल्याण्ड गोल्डेन रिसोर्टमा सञ्चालनमा रहेको छ ।
जुवा खेलाउने र खेल्ने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरीका डीएसपी कृष्णकुमार चन्दद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । जुवा खेलाउने कार्यमा संलग्नहरूमा सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ८ बस्नेवर्ष ३१ का मुकेशकुमार श्रेष्ठ र ललितपुरको गोदावरी नगरपालिका वडा नं. १५ बस्ने वर्ष ४१ का अजय केसी रहेका छन् ।
जुवा खेल्ने कार्यमा संलग्नहरू रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं. १२ बस्ने वर्ष ३५ को गोविन्द शर्मा, बुटवल– ९ बस्ने वर्ष ३५ का बासुदेव गौतम, बुटवल– ९ का कृष्ण गौतम र बुटवल– ११ का वर्ष ३६ का चन्द्रप्रसाद श्रेष्ठलाई गिरफ्तार गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले क्यासिनोबाट नेपाली रुपियाँ २ लाख १७ हजार ३ सय ९० रुपियाँ, भरतीय रुपैयाँ ३ हजार ५ सय, क्यासिनो क्वाइन १ लाख २५ हजार, विभिन्न कम्पनीका मोबाइल सेट ६ वटा, तास ७ गड्डी पनि बरामद गरेको छ ।
सीएमजी क्लव क्यासिनोका संचालक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद नरेन्द्र साह कलवार हुन् । सर्लाही– ३ बाट निर्वाचित सांसद कलवारका ४ वटा क्यासिनो संचालित छन् ।
कलवारको सेन्ट्रल मिडिया प्रालिले क्यासिनो सीएमजी क्लव क्यासिनो र त्यस मातहत चार ठाउँमा अदालतको अन्तरिम आदेशका भरमा क्यासिनो संचालनमा छन् । रास्वपाका सांसद कलवारले क्यासिनोहरूबाट करोड रुपियाँ राजस्व छली गर्दै आएको आरोप छ ।
कलवारले २०७१ साउन १५ गतेको अन्तरिम आदेशबाट होटल अपेरा महेन्द्रनगर, होटल भिस्वा वीरगञ्ज, होटल रत्न विराटनगर र होटल प्याटिनियम काठमाडौंमा क्यासिनो संचालन गर्दैआएका छन् ।

बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया