रेखा निर्देशित ‘माया भनेकै यस्तै होला’को छायांकन सम्पन्न
काठमाडौं । अभिनेत्री रेखा थापाद्वारा निर्देशन गरिएको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सकिएको छ ।
निर्देशक थापाका अनुसार चलचित्रको छायांकन गत आइतबार अर्थात् २७औं दिनमा सकिएको छ । चलचित्र ‘माया भनेकै यस्तो होला’मार्फत थापा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । ‘हिम्मतवाली’ र ‘मालिका निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्वमिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ ।
चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतको अभिनय छ ।
चलचित्रले प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ । चलचित्रमा ध्रुव लम्सालको पटकथा लेखन रहेको छ । चलचित्रमा सुदीप बरालको छायांकन रहेको छ ।
हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माता रहेको चलचित्रले प्रेमकथाका माध्यमबाट सामाजिक भावनालाई उठान गरेको छ । चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणि (सीएम) छन् । २०८३ सालको तीज पर्वको अवसरमा फिल्मको प्रदर्शन हुने लक्ष्य राखिएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया