अख्तियारद्वारा गण्डकीको भौतिक मन्त्रालयका लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोमबार विशेष अदालत, काठमाडौंमा अख्तियारले मन्त्रालयका लेखा अधिकृत पौडेलसहित ५ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पौडेलले गैरकानूनी तबरले आर्जन गरेको सम्पत्तिमध्ये २ करोड ५८ लाख ६७ हजार ३२४ रुपियाँ ५३ पैसा बराबरको सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको अख्तियारको दाबी छ ।
गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा पौडेलसहित उनको परिवार संलग्न रहेको अख्तियारकोले उल्लेख गरेको छ ।
अख्तियारले अनुसन्धानबाट बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार सञ्चालन गरेको पुष्टि भएको दाबी गरेको छ । अख्तियारले सम्पत्ति शुद्धीकरणको रकम बराबर बिगो कायम गरी कैद तथा जरिवाना गर्न माग गरेको छ । अख्तियारले एक करोड ७० लाख १३ हजार ५० रुपियाँ ७७ पैसा जफत गर्नसमेत अदालत समक्ष माग गरेको छ । पौडेलविरुद्ध यसअघि पनि ६ करोड २६ लाखभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया