अख्तियारद्वारा मालपोत अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशवबहादुर कार्कीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शुक्रबार अख्तियारले कार्कीसहित ४ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा गैरकानूनी लाभ वा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सोलुखुम्बुको साबिक चौँरीखर्क गाउँ विकास समितिको वडा नम्बर ८ स्थित सरकारी जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरेको दाबी अख्तियारको छ ।
मालपोत कार्यालयका तत्कालीन प्रमुख कार्कीको मृत्यु भइसकेको हुनाले उनको श्रीमती कमला कार्कीलाई प्रतिवादी कायम गरिएको छ ।
आयोगले मालपोत कार्यालयका तत्कालीन खरिदार तेजनाथ पौडेल, स्थानीय मनमाया नेपाली र सुबोध नेपालीलाई प्रतिवादी कायम गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूविरुद्ध १९ लाख ९० हजार ५७५ रुपियाँ बिगो कायम गरिएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया