गृहमन्त्री गुरुङले कांग्रेस नेता शर्मालाई दिए धन्यवाद

काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई नेपाली कांग्रेसका नेता समेत रहेका काठमाडौं मेडिलकल कलेज (केएमसी अस्पताल)का सञ्चालक सुनिल शर्माले स्वागत गरेका छन् ।

काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा जेनजी आन्दोलनका उपचाररत घाइतेलाई बिहीबार राति १० बजे भेट्न आएका बेला गृहमन्त्री गुरुङलाई सञ्चालक शर्माले स्वागत गरेका हुन् ।

घाइतेहरूलाई पूर्व सांसद समेत रहेका कांग्रेस नेता शर्माले निःशुल्क उपचार सेवा दिँदै आएका छन् । अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिएका छन् ।

अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् । केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको सञ्चालक शर्माले बताएका छन् ।

Published : Friday, 2026 April 3, 12:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया