आईजीपी कार्कीद्वारा गढवामा सेवा केन्द्रको भवन उद्घाटन

गढवा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दाङको देउखुरीस्थित इलाका प्रहरी कार्यालय, गढवाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको उद्घाटन गरेका छन् ।

बिहीबार आयोजित कार्यक्रममा आईजीपी कार्कीले भवनको उद्घाटन गरेका हुन् । उनले नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका छन् ।

आईजीपी कार्कीले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान पनि गरेका छन् ।

उनले नागरिकको समस्याप्रति थप संवेदनशील भई सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोलीबचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी नागरिकको मर्म अनुरूप प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्रबहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् ।

बेलायत सरकारको सहयोगमा कुल २ करोड ६० लाख ३३ हजार ५ सय ४९ रूपियाँ ३५ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।

Published : Thursday, 2026 April 2, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया