कांग्रेसको समानुपातिक सूची बुझाउँदा गडबडी भएको छ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंको धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले कांग्रेसलाई एकताबद्ध बनाउने काम अरूले गर्ला भनेर पर्खिन नहुने बताए । कांग्रेसलाई बलियो र एकताबद्ध बनाउन आफैबाट शुरुवात गर्नुपर्ने उनले बताएका छन् ।

‘मुद्दा अदालतमा छ । पार्टीलाई एकताबद्ध बनाएर लैजाने सोंच हुनुपर्छ,’ खतिवडाले भने, ‘एकताबद्ध बनाउने पहल यताबाट गर्ने कि उताबाट भनेर पर्खनेभन्दा पहल जहाँबाट हुन्छ, त्यहाँबाट गर्नुपर्छ ।’

नेता खतिवडाले कार्यबाहक सभापति पूर्णबहादुर खड्का, नेता डा.शेखर कोइरालासहितका नेताहरूले चुनावमा भएका गल्ती र कमजोरीको समीक्षा गरेको बताए ।

समानुपातिक सूची बुझाउँदा केही नमिलाइएको विषयमा समेत बैठकमा छलफल भएको नेता खतिवडाले बताएका छन् ।

Published : Tuesday, 2026 March 31, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया