रास्वपा सभापति लामिछानेसँग ठाकुर र साहद्वारा अलग अलग भेट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग राष्ट्रिय सभा सदस्य समेत रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले अलग अलग भेट गरेका छन् ।
मंगलबार बुढानिलकण्ठस्थित सभापति लामिछानेको निजी निवासमा लामिछानेले ठाकुर र साहसँग भेट गरेका हुन् । त्यस क्रममा वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको विकास तथा प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा छलफल भएको बताइएको छ ।
उनीहरूका बीच पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा समेत छलफल भएको छ ।

Published : Tuesday, 2026 March 31, 3:30 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया