दोषी भए कारबाही होस्, निर्दोष भए प्रतिशोध नलिइयोस् : अभिनेता दीपक गिरी

काठमाडौं । अभिनेता दीपकराज गिरीले निर्दोषलाई प्रतिशोध राखेर कारबाही गर्न नहुने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत अभिनेता गिरीले दोषीलाई कानूनअनुसार कारबाही गर्नुपर्ने र निर्दोषलाई राजनीतिक प्रतिशोध राख्न नहुने बताएका हुन् ।

अभिनेता गिरीले भने, ‘नेताहरू भटाभट समातिंदा त्यसको बिरोध गरेर उफ्रिनु वा समर्थन गरेर उत्सव मनाउनु दुबै गलत हो ।’

‘बरू कानून बमोजिम दोषी भए कारबाही होस् निर्दोष भए प्रतिशोध नलिइयोस् भनेर चुप बस्नु नै ठीक होला… शुभप्रभात,’ अभिनेता गिरीले भनेका छन् ।

दुईतिहाईको बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले राजनीतिक दलका नेताहरूलाई राजनीतिक प्रतिशोध राखेर धमाधम पक्राउ गरेर कारबाही चलाएको आरोप लागेका बेला अभिनेता गिरीले संविधान र विधिको कुरामा ध्यान दिन आग्रह गरेका छन् ।

Published : Monday, 2026 March 30, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया