रास्वपाका समर्थकद्वारा हर्क साम्पाङको ज्यान मार्ने र घर जलाउने धम्की, सीआईबीमा उजुरी दिने
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की दिएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत साम्पाङले ज्यान मार्ने र घर जलाउने धम्की दिने रास्वपाका कार्यकर्ताविरुद्ध उजुरी दिने बताएका छन् । उनले रास्वापाका कार्यकर्ता सुनिता खड्काको तस्बिर पनि सार्वजनिक गरेका छन् ।
साम्पाङले प्रश्न गर्दै लेखेका छन्, ‘मैले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा यो रास्वपाको समर्थकले मलाई ज्यान मार्ने र मेरो घर जलाउने धम्की देको रैछ । यही हो त रास्वपाको समर्थकको लाइन ?’
‘आजै सीआईबीमा उजुरी लगाउँदैछौँ । हेरौँ सीआईबीले काम गर्छ कि गर्दैन ? सरकारको एकपक्षीय दादागिरी रहे देश अराजकताले निल्नेछ,’ अध्यक्ष साम्पाङले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया