ओली र लेखकलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
आइतबार अदालतले ओली र लेखकलाई पाँच/पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
भक्तपुरबाट शनिबार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो । उनीहरूलाई म्याद थपका लागि प्रहरीले अदालत लगेको थियो । प्रहरीले १० दिन थुनामा राख्न मागसहित इजलास समक्ष निवेदन पेश गरेको थियो ।
भदौ २३ र २४ गतेको घटनामा जाँचबुझ आयोगले कारबाही सिफारिससहित बुझाएको प्रतिवेदनका आधारमा उनीहरू शनिबार पक्राउ परेका थिए ।
दुवै जनालाई १० दिन थुना म्यादको मागसहित सरकारी वकिलले इजलास समक्ष निवेदन पेश गरेका थिए ।
पक्राउ परेका ओलीले स्वास्थ्यका कारण शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । ओलीको भर्चुअल रूपमा इजलासमा उपस्थिति जनाइएको थियो । लेखक भने सुनुवाईका क्रममा इजलासमै उपस्थित भएका थिए ।
दुईतर्फी सुनुवाई सकिएपछि ओलीको थुना मनासिब रहेको आदेशमा लेखिएको छ । प्रतिवादीहरूलाई हिरासतमा राखेर जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन विश्लेषणको अनुमति माग भएकाले लेखक र ओलीलाई हिरासतमा राख्ने माग मनासिब रहेको आदेशमा उल्लेख छ ।
‘प्रतिवादीहरू केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरी हिरासतमा राखी उपरोक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि ५ दिन म्याद थपको अनुमति प्रदान गरिदिएको छ’ आदेशमा भनिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया