पूर्वमन्त्री खड्का पक्राउ, भदौ २४ मा निवासबाट बरामद रकमबारे अनुसन्धान हुने
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले नेपाली पूर्वमन्त्री दीपक खड्कालाई भदौ २४ को आन्दोलनको क्रममा निवासबाट पैसा बरामद भएको विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको जनाएका छन् ।
सोमबार बिहाना सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङ भनेका छन्, ‘पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज (आइतबार) नियन्त्रणमा लिइएको छ ।’
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १ बाट नियन्त्रणमा लिएको छ । खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकोले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ (उपदफा (६)सँग सम्बन्धित) बमोजिम पक्राउ पुर्जी गरिएको सीआईबीले थमाएको पक्राउ पुर्जीमा उल्लेख छ ।
संखुवासभा जिल्लाको धर्मदेवी गाउँपालिका वडा नं. ८ स्थायी घर भएका खड्का बुढानिलकण्ठमा बस्दै आएका छन् । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।

बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया