पूर्वराष्ट्रपति भण्डारीद्वारा ओली–लेखक पक्राउको विरोध, अपरिपक्व निर्णय

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई सरकारको अपरिपक्व निर्णय भएको भन्दै विरोध गरेकी छिन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गरेर भण्डारीले उक्त कदमले दूरगामी प्रभाव पार्ने र मुलुकमा अस्थिरताको जोखिम बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन पूर्ण नभएको सन्दर्भमा सरकार गठन भएको पहिलो दिनमै त्यसको कार्यान्वयन गर्दै पक्राउ गर्नु संवेदनशील र असंगत भएको पूर्वराष्ट्रपति भण्डारीले बताएकी छिन् ।

Published : Saturday, 2026 March 28, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया