आयल निगमका कार्यकारी निर्देशकले सरकारी गाडी डिभाइडरमा ठोक्काए
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आफै चलाएको सरकारी गाडीलाई डिभाइडरमा लगेर ठोक्काएका छन् ।
शनिबार दिउँसो करिब २ बजे काठमाडौंको कलंकी चोकमा डा.भट्टले सरकारी गाडीलाई डिभाइडरमा लगेर दुर्घटना गराएका हुन् । सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाउँदा अनुमति लिनुपर्छ ।
बा ७६५४ नम्बरको सरकारी गाडीलाई डा.भट्टले डिभाइडरमा ठोकेपछि कलंकीस्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी गाडीमा क्षति पुगेको छ ।
कलंकीस्थित ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजिव बस्नेतका अनुसार दिउँसो २ बजेतिर घटना भएपछि स्थानीयले कार र चालकलाई घेरेका थिए । ट्राफिक प्रहरी पुगेर डा.भट्टलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
स्थानीयले मापद पदार्थ सेवन गरेर कार चलाएको भन्दै डा.भट्टलाई कारबाही गर्न नाराबाजी गरेका छन् । ट्राफिक प्रहरीकोे मेसिनले परीक्षण गर्दा डा.भट्टले मादक पदार्थ सेवन नगरेको पाइएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया