कांग्रेस केन्द्रीय सदस्य खतिवडाद्वारा प्रधानमन्त्री बालेनलाई बधाई प्रदान, रचनात्मक सहयोग रहने
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।
शुक्रबार कांग्रेस नेता खतिवडाले प्रधानमन्त्री शाहलाई बधाई तथा शुभकामना दिँदै संविधानको रक्षा र कानून कार्यान्वयमा सहयोग रहने बताएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले भने, ‘नेपालको संविधान र कानून अनुसार देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा रचनात्मक सहयोग रहनेछ ।’
‘हार्दिक बधाइ तथा शुभकामना । नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषदका नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ नेता खतिवडाले भने ।
रास्वपाका वरिष्ठ नेता शाहले शुक्रबार शीतल निवासमा प्रधानमन्त्री पदको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् ।
शपथसँग प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुका साथै बालुवाटारस्थित सरकारी निवासमा पूजापाठ गरेर प्रवेश गरेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया