प्रधानमन्त्री बालेनको सुरक्षामा काबिल डीएसपीको नेतृत्वमा ६२ प्रहरी खटिए
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निजी सुरक्षा अधिकृत (पीएसओ)मा प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्याल खटिएका छन् ।
शुक्रबार शाहले राष्ट्रपति कार्यालय, शीतलनिवासमा शपथ लिन लागेका छन् । रक्षा मन्त्रालय आफैसँग राखेका शाहले १५ सदस्यी मन्त्रिपरिषद गठन गर्न लागेका छन् । मन्त्रीहरूलाई आफूले शपथ लिनेवित्तिकै शपथ गराउनेछन् ।
प्रधानमन्त्री शाहको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालय, नक्सालको सुरक्षा सेवा व्यवस्थापन महाशाखाले डीएसपी बस्याललाई सुरक्षाको जिम्मेवारी दिएको छ । बस्याल प्रहरीभित्रका सफल अनुसन्धान अधिकृत मानिन्छन् ।
विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार प्रधानमन्त्रीलाई विशिष्टस्तरको सुरक्षा प्रदान गरिन्छ । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेनाको २००, सशस्त्र प्रहरीको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धान विभागबाट ५ जना सुरक्षाकर्मी खट्ने व्यवस्था छ । यसमा निवासको सुरक्षासमेत पर्छ ।
प्रधानमन्त्रीको सुरक्षामा अगुवा र पछुवा गाडीसमेत नेपाली सेनाको हुने व्यवस्था छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नवनियुक्त प्रधानमन्त्री शाहको सुरक्षामा काबिल पुलिस अफिसरको नेतृत्वमा प्रहरी कर्मचारीहरू खटाएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया