अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई प्रदान, फोन वार्ता

काठमाडौं । अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई फोन गरेर बधाई दिएको छ ।

मंगलबार चैत १० गते दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपाका सभापति लामिछानेलाई फोन गरी निर्वाचनमा प्राप्त जितका लागि बधाई दिएका हुन् ।

‘अमेरिका–नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ,’ विशेष दूतले गोरले भने ।

Published : Wednesday, 2026 March 25, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया