ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच सहकार्य
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूमा मोतीबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
मंगलबार काठमाडौंको कमलादीमा बैंकको कर्पोरेट कार्यालयमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रुइटको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा.रीता गुरुङले हस्ताक्षर गरेका छन् ।
तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूको निःशुल्क रुपमा मोतीबिन्दुको पहिचान गरी शल्यक्रिया गर्नेछ ।
विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर तथा विपन्न छात्रा÷छात्रहरूको आँखा परीक्षण गरी आवश्यकता अनुसार निःशुल्क रुपमा चस्मा वितरण गरिने समेत समझदारी भएको छ ।
हस्ताक्षर समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया