एआईजी कार्कीद्वारा काठमाडौं प्रहरीको निरीक्षण, उपत्यकालाई सुरक्षित बनाउन निर्देशन
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी परिसर, काठमाडौंको निरीक्षण गरेका छन् ।
मंगलबार एआईजी कार्कीले काठमाडौं प्रहरी परिसर, काठमाडौंको भद्रकालीस्थित कार्यालयको स्थलगत निरीक्षण र अनुगमन गरेर नागरिक मैत्री सेवा प्रवाह गर्न मातहतलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौं तथा मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरूलाई एआईजी कार्कीले जनताको सेवामा केन्द्रित रहेर शान्ति सुरक्षा बनाउन निर्देशन दिएका हुन् ।
नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै गैरकानूनी क्रियाकलापलाई कडाइका साथ कानूनी दायरामा ल्याउन एआईजी कार्कीले निर्देशन दिएका छन् ।
एआईजी कार्कीले काठमाडौं जिल्लामा भीआईपी तथा भीभीआईपीहरूको बसोबास रहेको र भाइटल इन्स्टलेसन समेत रहेका बताउँदै कौहलता प्रस्तुत गरेर काम गर्न निर्देशन दिएका छन् ।
भविष्यको चुनौतिलाई मध्यनजर गरी सूचना संकलनलाई प्रभावकारी बनाउन, प्राप्त सूचनालाई प्रविधि र प्रहरीको प्रभावकारी परिचालन मार्फत काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन समेत निर्देशन दिएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया