पोखरा विमानस्थलको ८ अर्ब ३६ करोड भ्रष्टाचारका आरोपी पूर्वमन्त्रीलाई धरौटीमा छाड्न आदेश
काठमाडौं । विशेष अदालत, काठमाडौंले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा एमालेका नेता समेत रहेका पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यसँग धरौटी रकम माग गरेको छ ।
सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलाले धरौटी रकम माग गरेको हो । आचार्यसँग २ लाख ५० हजार धरौटी माग गरेको अदालतले जनाएको छ ।
आचार्य पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वभाविक बढाएर अनियमितता भएको अख्तियारको दाबी छ । अख्तियारले उनीलगायत विरुद्ध गत मंसिर २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलमा भएको भनिएको करोडौंको भ्रष्टाचारमा पूर्वमन्त्री, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी लगायतविरुद्ध मुद्दा दायर गरेको छ ।
आचार्य पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वाभाविक रुपमा बढाएर अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ मा मुद्दा दर्ता गरेको थियो । पोखरा विमानस्थलको भ्रष्टाचारकाण्ड मुद्दामा ५५ जनालाई विपक्षी बनाइएको छ । उनीहरूबाट आठ अर्ब ३६ करोड रुपियाँ बराबरको बिगो कायम गरी असुल उपर गर्न माग दाबी गरिएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया