मुख्यमन्त्री बानियाँद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको अनुगमन
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रदान गर्दै आएको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन् ।
सोमबार मुख्यमन्त्री बानियाँले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको अनुगमन गरेका हुन् । उनले सेवाग्राहीहरूसँग सेवा प्रवाहका विषयमा जानकारी लिएका छन् ।
सेवाग्राहीको सहज पहुँच तथा नागरिकता शाखासहित विभिन्न सेवा कक्षको कार्यसम्पादनबारे मुख्यमन्त्री बानियाँले उच्चस्तरीय अनुगमन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं सेवाग्राहीको सबैभन्दा धेरै चाप रहने गर्छ । मुख्यमन्त्री बानियाँले सेवाग्राहीहरूलाई छिटोछरितो तरिकाले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
Published : Monday, 2026 March 23, 6:22 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया