भावी प्रधानमन्त्री गगन पोखरामा परिवार र साथीहरूसँग मोजमस्ती गर्दै

काठमाडौं । नेपाली कांग्रेसलाई चुनावमा लज्जास्पद पराजय गराएका गगनकुमार थापा पोखरामा परिवारसहित मोजमस्तीमा छन् ।

पोखरामा दुई छोरी, पत्नी र आफू निकटका केही साथीहरूसँग गगन भिडियोमा देखिएका छन् । भिडियामा निकै रमाइलो गरेको अवस्थामा देखिएका गगनलाई कांग्रेस पार्टी पराजित भएकोमा कुनै पश्चाताम देखिएको छैन ।

आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिएका गगन सर्लाही ४ मा नराम्रोसँग पराजित भएका छन् । भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका गगनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले १२ हजार ८ सय ५७ मतको अन्तरले हराइदिएका छन् । लज्जाजनक अवस्थामा हारेर काठमाडौं फर्किएका गगनले कांग्रेस २.० को सभापतिबाट राजीनामा दिएको नौटंक गरेर । आफैले मनोनीत गरेको टीके कार्यसमितिबाट राजीनामा अस्वीकृत गराए ।

नेपाली कांग्रेसलाई लज्जाजनक अवस्थामा हराएर पोखरामा मोजमस्तीमा गगन देखिएका छन् । फागुन २१ गतेभन्दा अगाडि पटक पटक सामाजिक सञ्जाल र फेसबुकमा लाइभ आउने गगन सामाजिक सञ्जालबाट पनि बेपत्ता भएका छन् ।

Published : Monday, 2026 March 23, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया