रास्वपाले झण्डै दुईतिहाई सिट जितेकोमा प्रधानमन्त्री कार्की खुसी, सभापति लामिछानेलाई दिइन् बधाई

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचनमा झण्डै दुईतिहाई सिटसहित सबैभन्दा ठूलो दल बन्न सफल भएकोमा बधाई दिएकी छिन् ।

आइतबार बालुवाटारमा रास्वपाका सभापति रवि लामिछानेसँगको भेटमा कार्कीले रास्वपाले पाएको मतबाट आफू निकै खुसी भएको बताएकी हुन् । रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास पाएको समेत बताएका छन् ।

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिएकी छिन् ।

रास्वपाले झण्डै दुईतिहाई सिट जितेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिन लागेका छन् ।

Published : Sunday, 2026 March 22, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया