सिंहदरबारको सरक्षा प्रबन्धका लागि गृह मन्त्रालयमा छलफल

काठमाडौं । गृह मन्त्रालयमा सिंहदरबारको सुरक्षा प्रबन्धका लागि सुरक्षा निकायका प्रमुखहरूबीच छलफल भएको छ ।

आइतबार गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता बसेको बैठकमा सुरक्षा तयारीबारे छलफल भएको हो ।

गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित संघीय सांसदहरूको शपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल गरेका हुन् ।

गृहमन्त्री अर्यालले सांसदहरूको शपथ ग्रहण, संसद अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

Published : Sunday, 2026 March 22, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया