कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक, गगनका कारण पार्टी ध्वस्त भयो

काठमाडौं । निर्वाचनमा लज्जास्पद पराजय भएपछिको अवस्थाबारे समीक्षा गर्न नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक बसेको छ ।

काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा बसेको बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूको उपस्थिति रहेको छ । बैठकमा कांग्रेसको लज्जास्पद पराजयका विषयमा समीक्षा भएको छ । कांग्रेसलाई पुनः एकताबद्ध बनाएर जाने विषयमा पनि छलफल भएको एक केन्द्रीय सदस्यले बताएका छन् ।

अनौपचारिक बैठकमा कांग्रेसको नियमित महाधिवेशन गर्नुपर्ने र कांग्रेसलाई फेरि एकताबद्ध बनाइ बलियो कांग्रेस बनाएर जाने विषयमा पनि नेताहरूले धारणा राखेका छन् ।

ती केन्द्रीय सदस्यले भने, ‘गगन थापाले आफूलाई सभापति घोषणा गरेर प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरे । निर्वाचनमा आफ्नै लज्जास्पद हार भएको छ । कांग्रेस नै हार्नु परेको छ । अब कांग्रेसलाई बचाउनुपर्छ । हामी मिलेर जानुपर्छ भन्ने कुरा आएको छ ।’

निर्वाचनको मुखमा गगनकुमार थापाले भृकुटीमण्डप भेलाबाट कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेपछि कांग्रेस पराजित हुनुपरेको नेताहरूले बताएका छन् । आफैलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका गगन थापा आफै १२ हजार ८ सय ५७ मतको अन्तरबाट पराजित भएका छन् ।

कांग्रेसको आधिकारिकताको विवादको रिट सर्वोच्च अदालतमा विचाराधी छ । अदालतमा जबरजस्त रुपमा कानूनी आधारमा प्रस्तुत हुनुपर्ने बैठकमा नेताहरूले धारणा राखेका छन् ।

निर्वाचन आयोगले एकपक्षीय रुपमा लिएर कांग्रेसको चुनाव चिन्ह ‘रुख’ गगन थापा समूहलाई दिएपछि कार्यबाहक सभापति खड्कासहितका बहुमत पदाधिकारी र केन्द्रीय सदस्यहरू न्यायका लागि सर्वोच्च अदालतमा गएका छन् ।

Published : Sunday, 2026 March 22, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया