राजीनामा दिएका गगनलाई काँधमा बोकेर कांग्रेस कसरी धुलो टकटक्याउँदै उठ्न सक्ला ?
काठमाडौं । राजीनामाको कुराको अर्थ हुन्छ, राजी भएर, खुसी भएर नामसारी गरिदिने । कागज गरिदिने । कुनै संघ, संगठन वा संस्थाभित्रको हकमा राजीनामाको अर्थ हुन्छ राजीखुसी बहाल रहेको पद र जिम्मेवारी त्याग गर्ने ।
कुनै व्यक्तिले यसरी आफ्नो इच्छामुताबिक राजीनामा गरिसकेपछि सामान्यत त्यसलाई कसैले अस्वीकार गर्न सक्दैन । अस्वीकार गर्दैन । यो प्राविधिकसँगै व्यवहारिक विषय हो । कसैले राजीनामा बुझाउनुको अर्थ हो अब उसले हात उठाइदिइसकेको छ । कम्तिमा हालका लागि उसले पद र भूमिका त्याग गरिसकेको छ । अब सम्बन्धित समूह वा सम्बन्धित संस्थाले त्यसलाई मान्नु पर्यो, स्वीकार गर्नुपर्यो । हुने यही हो ।
मानौकी कसैले सुविचारी रुपमा राजीनामा पत्र लेख्यो । बुझाउनु पर्ने निकायमा पनि बुझाइसक्यो । हाजी हुनुपर्ने स्थानमा उसको उपस्थिति समेत हुन छोड्यो । र, हठात त्यसको राजीनामा अस्वीकृत भयो । त्यस्तो अवस्थामा राजीनामा गर्ने व्यक्तिको पुनरावृत्ति फेरि कुन नैतिक उर्जाका साथ त्याग गरिसकेको भूमिकामा फरि हुन सक्छ ? अनि यस्तो कहाँ हुन्छ ?
सुधारिएको भनिएको नेपाली कांग्रेसमा त्यस्तो छैन, त्यस्तो भएन । राजीनमा बुझाएका सभापति गगनकुमार थापा केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित नै भएनन् । कुर्सी नै खाली राख्नु पर्यो । त्यसको अर्थ हो उनले अब जिम्मेवारीबाट अलग हुन चाहेका छन् । त्यो निर्णय गरिसकेका छन् । केन्द्रीय समितिले भने होइन सभापतिज्यू तपाईबिना पार्टी कसरी चल्छ ? भन्ने शैलीमा फेरि थापालाई कुर्सीमा बिराजमान गराउन चाह्यो ।
गगन थापाका लागि यो अवसर थियो । आफैले वकालत गर्दै आएको राजनीतिक संस्कारलाई जबरजस्त स्थापित गर्ने । पार्टी र नेतृत्वलाई त्यसरी नै सुस्कृत अघि बढाउने । सभापति पदबाट राजीनामा दिदै गर्दैमा थापाको न राजनीति सकिन्छ । न पार्टी नै सकिन्छ । न ओझ नै सकिन्छ । बरु यो अभ्यासले थापाको राजनीतिक उचाइँ थप उँचो हुन सक्थ्यो ।
भृकुटीमण्डप भेलाबाट भएको थापाको हस्तक्षेपलाई राजनीतिक बृत्तले प्रशंसा गरेकै हो । तर, त्यो प्रयाप्त भएन । यस पटक मतदाताले त्यही भनेका हुन् । त्यसको जिम्मेवारी पार्टीपंक्तिसँगै सभापतिका नाताले सबैभन्दा धेरै थापाले नै लिनुपर्छ । बिडम्बना नेपाली कांग्रेस त्यसको वर्तमान केन्द्रीय कार्यसमिति स्वयम् थापा र विश्वप्रकाश शर्माले चयन गरेका हुन् ।
हो गगन थापाले कांग्रेस रुपान्तरणको अभियानको नेतृत्व गरेकै हुन् । त्यसमा आंशिक सफलता प्राप्त गरेकै हुन् । तर, सभापति शेरबहादुर देउवाको महार सुधारिएको कांग्रेसले अस्वीकार गरे जस्तै गगन थापाको गर्जन मतदाताले पनि सुन्न नचाहेकै हुन् ।
विश्वप्रकाश शर्माले भने ५० दिनमा आफूहरूको आवाज जनतासम्म पुगेन भनेर ढाकछोप गरेका छन् । यसो भन्नुको अर्थ हो । आवाज त जनताले चाहे भने ५ महिना अगाडि खोलेको दलको पनि सुन्दा रहेछन् । एकै पटक राष्ट्रिय दल बनाइदिएर, श्रम सांस्कृतिक पार्टी साँझी छ । विश्वप्रकाश शर्माहरूले गगन थापाको राजीनामालाई अन्त्य होइन शुरुवात मान्न सक्थे । नवीन कांग्रेस खोज्ने हो भने गगन थापाको राजीनामा नवीन र नैतिक अध्यायको प्रस्थानविन्दु हुन सक्न्थ्यो । अझै भन्ने हो भने गगन थापाहरूको संघर्षले पुस्तान्तरण ल्यायो निर्वाचनले अघि सारेको कांग्रेस नवीन पुस्ताले रुपान्तरण अघि बढाउन सक्थे । हाललाई यो स्थगित भएको छ ।
निर्वाचनमा पराजयपछि धेरैले टिप्पणी गरेका थिए, गगन थापालाई वरीपरीका सल्लाहकारले नै डुबाइदिए । नेपाली कांग्रेसको रुपान्तरणलाई गगन थापा कै समर्थक र कार्यकर्ताहरूले सिध्याउन सक्छन् ।
राजीनामा दिएका गगन थापालाई काँधमा बोकेर अब नेपाली कांग्रेस कसरी धुलो टकटक्याउँदै उठ्न सक्ला ? गगन थापा र विश्वप्रकाश शर्माले नियुक्त गरेको कार्यसमितिले गगनको राजीनामा त अस्वीकृत गर्ला । तर, राजीनामा दिएका गगनले कांग्रेसलाई उठाउन सक्ने छैनन् । त्यो नैतिकता गगनसँग रहने छैन ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया