ईद पर्वको सद्भाव हाम्रो समाजमा कायम रहोस् : तरुण अध्यक्ष गुरुङ

काठामडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले रमजान अर्थात् ईद उल फित्र पर्वका अवसरमा शुभकामना दिएका छन् ।

शनिबार शुभकामना सन्देश दिँदै अध्यक्ष गुरुङले ईद पर्वका अवसरमा सम्पूर्ण मुस्लिम समुदाय शुभकामना दिएका हुन् ।

‘ईद–उल–फित्र २०८२ को पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु,’ अध्यक्ष गुरुङले भने ।

‘रमजानको एक महिनाको संयम, त्याग र आत्मअनुशासनपछि आएको यो पर्वले हामी सबैलाई आपसी माया, सद्भाव र एकताको सन्देश दिन्छ,’ उनले भने, ‘यही भावना सधैं हाम्रो समाजमा कायम रहोस् भन्ने मेरो कामना छ ।’

तरुण अध्यक्ष गुरुङले भने, ‘यो खुशीको अवसरले हाम्रा सम्बन्धहरू अझ मजबुत बनाओस्, र देशमा शान्ति, सहकार्य र प्रगतिको बाटो अझ फराकिलो बनोस् । सबैको घरमा सुख, शान्ति र समृद्धि छाओस् ।’

Published : Saturday, 2026 March 21, 10:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया