स्वार्थ समूहहरू सल्बलाए, न्यायपालिकालाई कमजोर बनाउन खोजियो : न्यायाधीश प्रधान
काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि बार र बेञ्चबीचको निरन्तर संवाद आवश्यक रहेको बताएकी छिन् ।
शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानले आगामी चैत १८ गतेदेखि बार र बेन्चबीचको संवादलाई निरन्तरता दिने बताइन् । उनले यसले न्याय सम्पादनमा रहेका अवरोधहरू हटाउन मद्दत पुग्ने बताएकी छिन् ।
अदालत अहिले जटिल परिस्थिति र संकट व्यवस्थापनको योजनाबाट गुज्रिरहेको स्वीकार गर्दै प्रधानले जनता केन्द्रित न्याय प्रणाली स्थापना गर्नुपर्ने बताएकी छिन् ।
उनले भनिन्, ‘अहिले अलिकति विषम परिस्थितिमा के पनि छ भन्दाखेरि स्वार्थ समूहहरू पनि सल्बलाएको छ, न्यायपालिकाप्रति जनआस्था गिराउने र न्यायपालिकालाई कमजोर बनाउने ।’
‘कसैको सक्षमता निष्ठामा प्रश्न उठाएर उठाउँदा ठीक हुन्छ,’ उनले भनिन्, ‘न्याय न्यायिक आस्था र यो न्यायपालिकालाई कमजोर गर्ने कुरामा कसैले पनि सहँदैन र बार महिला कानून व्यवसायी र अदालत सँगसँगै हिँड्न सक्नुपर्छ ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया