मसली तामाङलाई पुर्पक्षका लागि जेल चलान
काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण व्यूरो, बबरमहलले मसली तामाङलाई पक्राउ गरेको छ ।
महिला, युवती तथा बालिकाहरूलाई खाजाघरमा तामाङले वेश्यावृत्ति सञ्चालन गरेको अभियोगमा प्रहरीले चैत १ गते पक्राउ गरेको जनाएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ शिवचोकमा रहेको जस्ताको टहरामा सञ्चालन गरेको खाजाघरमा प्रतिवादीहरू रोशनी, डल्ली भन्ने सीता र खुसी भन्ने विमला तामाङ समेतले नबालिकाहरूलाई जस्ताको टहराभित्र रहेको कोठामा जाहेरवालीलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी आर्थिक लाभ लिई जवरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ ।
वेश्यावृत्तिको कार्यमा संलग्न रहेका प्रतिवादी अन्नु, नानु भन्ने मसली तामाङलाई चैत १ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालत, बबरमहलमा थुनछेक आदेशले पुर्पक्षको लागि कारागार कार्यालय, जगन्नाथदेवल थुनामा पठाएको प्रेस नोटमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया