कांग्रेसलाई प्रजा परिषद बनाएका गगनसँग राजीनामाको के अर्थ ? इच्छा ससुरा बनाउने

काठमाडौं । गगनकुमार थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर ‘नेपाल प्रजा परिषद’को अवस्थामा पुर्‍याएका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गगनले कांग्रेसलाई प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट गरी ३८ सिटमा समेटेका छन् । कांग्रेसको यो अवस्था ल्याउनुको प्रमुख दोषीका नाइके गगन हुन् । कांग्रेसलाई प्रजा परिषदको हालतमा पुर्‍याएका गगन आफू पनि सर्लाही ४ मा लज्जाजनक अवस्थामा पराजित भएका छन् ।

गगनसँग नैतिकता थियो भने आफ्नो पार्टीको सभापति शेरबहादुर देउवा घाइते भएका बेला यहि समय हो फालेर कांग्रेस हाइज्याक गरी सभापति बन्ने भनेर दुषित मनासयले गतिविधि गर्ने थिएनन् । गगनले राजीनामा दिएको नौटंकी गरेर कार्यसमितिबाट अस्वीकृत गराउँछन् भन्ने कुरा सबैलाई थाहा छ । गगनको नौटंकी सबैले बुझेका छन् ।

गगनका साइबर सेनाहरूले कांग्रेसलाई दोस्रो दल र माटोमाथि बनाएको भनेर मिडिया ट्रायल गरिरहेका छन् । यो तर्कको अर्थ छैन । कांग्रेसले कुनै जनावरलाई उम्मेदवार बनाएको भए पनि यो ३८ सिट आउने थियो । गगन आफैले जितेर कम्तीमा पनि ९० सिट जिताउन सक्नुपर्ने थियो । त्यो त गगनको हुतिको कुरा थिएन । गगनले कांग्रेसलाई ‘नेपाल प्रजा परिषद’ बनाएर इतिहास रचेका छन् । नेपालको पहिलो दल ‘नेपाल प्रजा परिषद्’ गगन जस्ता नेताहरूका कारण इतिहास बनेर गएको छ । अब कांग्रेसको हालत पनि त्यस्तै हुने भएको छ ।

कांग्रेसको इतिहासमा पार्टी यसरी कहिल्यै पनि पराजित भएको थिए । भृकुटीमण्डप भेलाबाट कांग्रेसलाई हाइज्याक गरेर गगनले आफूलाई सभापति घोषणा गरेका थिए । त्यसपछि गगनले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गराएर निर्वाचनमा होमिएका थिए । सभापति शेरबहादुर देउवाको अनुहार देखाएर चुनाव जित्न सकिदैन भनेका गगनले कांग्रेसलाई त हराए नै आफू पनि १२ हजार ८ सय ५७ मतको अन्तरबाट पराजित भएका छन् ।

अहिले आएर गगनले सभापति पदबाट राजीनामा दिएको नौटंकी गरिरहेका छन् । आफूले मनोनीत गरेका टीके अर्थात् भृकुटीमण्डप भेलाको कार्यसमितिको सभापति पदबाट गगनले राजीनामा दिएको भनेर मिडियाबाजी गरेका छन् । गगनले राजीनामा र नैतिकताको विषयलाई लिएर स्टन्ट गरेका छन् । गगनको यो स्टन्टको कुनै अर्थ छैन । किन भने सभापति शेरबहादुर देउवासहितका बहुमत कार्यसमितिले भृकुटीमण्डप भेलालाई अबैधानिक भनेर सर्वोच्च अदालतमा न्यायका लागि रिट लिएर गएको छ । यस्तो अवस्थामा गगनले सभापति पदबाट राजीनामा देउन वा नदेउन कुनै अर्थ छैन ।

गगनले नैतिकता देखाएर सभापति पदबाट राजीनामा दिएको भनेर मिडियाबाजी भइरहेको छ । स्टन्ट भएका छन् । तर, गगनको राजीनामालाई भृकुटीमण्डपबाट आएको केन्द्रीय कार्यसमितिले अस्वीकार गर्ने सबैलाई थाहा छ । विश्वप्रकाश शर्माले नै राजीनामा अस्वीकार गर्ने भनिसकेका छन् । अनि गगनको नैतिकता मिडिया ट्रायल गर्दैमा जानेछ । गगनलाई बहुमत कांग्रेसले सभापति मानेको भए पो राजीनामाको चासो रहने थियो । कसैले सभापति नै मानेका छैनन् । त्यही कारण गगनलाई निर्वाचनमा सर्लाही ४ का जनताले हराएर दण्ड दिएका छन् । देशभरि प्रत्यक्ष र समानुपातिकमा ३८ सिटमा ल्याएर खुम्चाइदिएका छन् ।

गगनको अबको तयारी आफ्ना ससुरा अर्जुन नरसिंह केसीलाई संसदीय दलको नेता बनाउनेछ । गगनले ससुरा केसीलाई खस आर्य आरक्षणबाट समानुपातिक सांसद बनाएका छन् । अब संसदीय दलको नेता बनाएपछि ‘बदलिएको २.० कांग्रेस’ हुनेछ । गगनले ससुरालाई सर्वसम्मत दलको नेता बनाउन गृहकार्य गरेका छन् । ससुरा संसदीय दलको नेता बन्ने सम्भव रहेन भने पैसा भएको सांसदलाई उम्मेदवार बनाउने रणनीतिमा गगन रहेको कांग्रेसभित्र चर्चा छ ।

सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाले समानुपातिक सांसद भीष्मराज आङदम्बेलाई बनाउन चाहेका छन् । संसदीय दलमा देउवा र डा.कोइरालका दुईतिहाई सांसद छन् ।

Published : Thursday, 2026 March 19, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया