नेपाली इन्जिनियरहरूलाई जापानका आइटी कम्पनीहरूले लैजान
काठमाडौं । आइजीसी टेक्नोलोजीको सक्रियतामा जापानको ओसाकास्थित हिबिकु कम्पनी प्रालि र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं इन्जिनियरिङ कलेजबीच नेपाली आइटी कम्पनीहरूमा काम गर्न लैजाने सम्झौता सम्पन्न भएको छ ।
वार्षिक १० हजार आइटी इन्जिनियर उत्पादन हुने नेपालमा आइटी विद्यार्थीलाई खासै राम्रो बजार छैन । यस्तो अवस्थामा नेपाली इन्जिनियरहरूले जापानमा सिप देखाउने अबसर पाउने भएका हुन ।
सिस्टम डेभलपमेन्ट कामदारहरूको ठूलो अभाव रहेको जापानले भियतनामबाट आइटी इन्जिनियरहरू ल्याउने गरेको थियो ।
सम्झौतासँगै अब नेपाली आइटी इन्जिनियरहरूलाई जापानको बजारमा अबसर मिल्ने भएको छ ।
आजीसी टेक्नोलोजीले हिबिकु कम्पनी प्रालिसँगको सहकार्यमा काठमाडौं इन्जिनियरिङ कलेजमा अध्ययनरत जापान जान चाहने विद्यार्थीलाई एक वर्ष जापानिज भाषा सिकाउने र ती विद्यार्थीलाई प्रत्येक वर्ष जापानिज आइटी कम्पनीहरूलाई नेपालमा ल्याई काठमाडौं इन्जिनियरिङ कलेजमा जव फेयर गरी वार्षिक एकसय जनालाई जापानमा हाइस्किल भिसामा लिएर जाने सहमति भएको छ ।
हिबिकु कम्पनी लिमिटेडका अध्यक्ष यामानो शिनिचिइरोले जापानमा अहिले आइटी इन्जिनियर, सफटवेर डेभलपरहरूको माग करीव चार लाख आवश्यक रहेको भन्दै यसका लागि नेपालको आइटी इन्जिनियरहरू सहयोगी हुने जानकारी दिए । नेपालमा आइजीसी टेक्नोलोजीसँगको सहकार्यमा जापानको सफटवेरहरू नेपालमा बनाउने काम समेत शुरु गरेको जानकारी दिए ।
आइजीसी टेक्नोलोजीका अध्यक्ष गणेशमान लामाका अनुसार जापानमा अहिले हाइस्किल वर्करहरूको आवश्यक्ता रहेकाले नेपाली आइटी इन्जिनियरहरूलाई सुनउलो अवसर रहेको बताए ।
जापनिज भाषा आवश्यकता रहेकाले आइजीसीले जापान जान चाहने विद्यार्थीलाई निःशुल्क जापनिज भाषा पढाइदिने र सेलेक्टेड भएका आइटी इन्जिनियरहरूलाई इन्टर्नसिपको सुविधा दिने जानकारी लामाले दिए ।
यसले जापानको आइटी बजारमा नेपाली आइटी इन्जिनियरहरूलाई पठाउने कामको सुरुवातको रुपमा यो सम्झौता भएको लामाले बताए ।
हालकै वर्ष एक सय जना आइटी इन्जिनियरहरू पठाउने भएपनि आगामी दिनमा यो शंकायलाई ५०० सम्म पुराउने लक्ष्य रहेको अध्यक्ष लामाले जानकारी दिए ।
1 प्रतिकृया प्राप्त “नेपाली इन्जिनियरहरूलाई जापानका आइटी कम्पनीहरूले लैजान”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

af