कृष्णनगर भन्साललाई स्तरोन्नतिका लागि क्रान्तिकारी काम गरौं : कांग्रेस सांसद शाह
काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले कृष्णनगर भन्सारलाई स्तरोन्नति गरी पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउन माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहले कृष्णनगर भन्साललाई स्तरोन्नतिका लागि क्रान्तिकारी काम गर्न आवश्यक रहेको बताए । संसदीय दलका उपनेता समेत रहेका शाहले भने, ‘लुम्बिनी प्रदेशकै एक व्यापारिक केन्द्रको रुपमा रहेको कृष्णनगर भन्सार नाकाको स्तरोन्नति अहिलेको क्रान्तिकारी आवश्यक्ता हो ।’
‘यस नाकामा पूर्णरुपमा सञ्चालित अध्यागमन कार्यालय स्थापना गर्न जोडदार माग गर्दछु,’ उनले भने, ‘यसका साथै कृषि र पशुपालनको उच्च सम्भावना बोकेको हाम्रा छिमेकी जिल्लाहरू दाङ, प्यूठान, अर्घाखाँची र कपिलवस्तु स्वयंको आर्थिक समृद्धिका लागि कृष्णनगरमा पूर्ण क्षमताको प्लान्टको क्वारेन्टाइन र पशु क्वारेन्टाइनको व्यवस्था हुन अपरिहार्य छ ।’
‘यि पूर्वाधारहरू निर्माण भएमा यो क्षेत्रका किसान र व्यवसायीहरूले आफ्नो उत्पादनको उचित मूल्य र बजार सुविधा पाउनेछन्,’ सांसद शाहले भने, ‘यसले झन्झटिलो प्रशासनिक प्रकृया अन्त्य गर्नेछ ।’
उनले भने, ‘व्यापार घाटा कम गर्नेछ र सिङ्गो लुम्बिनी प्रदेशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउनेछ ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया