नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएकी मञ्जुदेवीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी विद्यालयमा जागिर खाएको आरोपमा बालविकास सहजकर्ता मञ्जुदेवी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ५, पर्सेरावलस्थित श्री भगवती प्राथमिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता बोहराविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
बोहराले बालविकास सहजकर्ता पदमा नियुक्ति लिने क्रममा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा बोहराले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट सन् २०१० मा हाई स्कुल परीक्षा पास गरेको भन्दै झुटा कागजात पेस गरेको खुलेको छ ।
बोहराले पेस गरेको मार्कसिट, सर्टिफिकेट र माइग्रेसन प्रमाणपत्र सबै नक्कली बनाएर पेस गरेको आयोगले जनाएको छ ।
नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवक बालविकास सहजकर्ताको पदमा नियुक्ति लिई बहाल रहेर उनले पारिश्रमिक तथा भत्तालगायतका सरकारी लाभ र सुविधा प्राप्त गर्दै आएकी थिइन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया