स्याङ्जामा बोलेरो जीप दुर्घटना, २ जनाको मृत्यु, १० जना घाइते
पुतलीबजार । स्याङजा जिल्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने १० जना घाइते भएका छन् ।
गल्याङ नगरपालिका वडा नं. ८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सोमबार साँझ करीव ५ बजेर ४५ मिनटमा गल्याङबाट गल्याङ नगरपालिका–९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जीप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित १० जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
जीपमा कति जना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको र घाइते तथा मृतकहरूको परिचय खुल्न बाँकी रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया