काठमाडौंमा गाडीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु
काठमाडौं । अक्सिजन सिलिन्डर विस्फोट हुँदा काठमाडौंको जोरपाटीस्थित माकलबारीमा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट उछ्टिएको टुक्राले लागेर बागलुङ घर भएका माकलबारी बस्ने ४६ वर्षीय विष्णु थापाको मृत्यु रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।
सिलिन्डरको टुक्राले लागेर गम्भीर घाइते भएका थापालाई उपचारको लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लगिएको थियो ।
उपचारका क्रममा थापाको मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । अक्सिजन सिलिन्डर विस्फोट हुनुको कारण खुलेको छैन । सो विषयमा प्रहरीले अनुसन्धानपछि भन्ने जानकारी गराएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया