अख्तियारद्वारा शिक्षिक नन्दाकुमारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा कैलालीकी बालविकास शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले कैलालीको जानकी गाउँपालिका–३, नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षक नन्दाकुमारी शाहीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
आयोगका प्रवक्ता प्रवक्ता सुरेश न्यौपानेका अनुसार शाहीले २०६६ साल मंसिर ३ गते सोही विद्यालयमा बालविकास शिक्षक पदमा नियुक्ति लिनका लागि भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट माध्यमिक तह उत्तीर्ण गरेको भनी झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेकी थिइन् ।
सोही नक्कली प्रमाणपत्रका आधारमा उनले सरकारी ओहोदा (पद), लाभ र सेवा–सुविधा लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया