फेसबुकमा महिलाको चरित्रहत्या गर्ने विष्ट काठमाडौंबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको साइबर व्यूरो, भोटाहिटीले २३ वर्षीय तपेन्द्र विष्टलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको अभियोगमा विष्टलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दीपकराज अवस्थीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विष्ट कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ घर भइ हाल काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका थिए ।
विष्टलाई चैत २ गते पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप भएको छ । विष्टलाई व्यूरोको प्रहरी टोलीले काठमाडौंमा पक्राउ गरेको थियो ।
फेसबुकमा फेक आईडी बनाएर विष्टले महिलाको तस्बिर सँगसँगै चरित्रहत्या गर्नुका साथै अपमानजनक तथा अमर्यादित कमेन्ट निर्माण गरी पोष्ट गर्ने, अश्लील भिडियो सामग्रीहरूमा समेत विष्टले ती पीडित महिलाको नाम राखेर होलीकाण्ड नाम दिइ विभिन्न पोष्ट गरेर निरन्तर दुःख दिएर हैरानी बनाएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया