देउवाले न्याय गरेका रुकुमका दलित नेताको नाम काटेर गगनका ससुरालाई सांसद, अब दलको नेता
काठमाडौं । पटक पटक मन्त्री, पदाधिकारी, केन्द्रीय सदस्य, सांसद लगायतका अबसर पाएका अर्जुननरसिंह केसीलाई गगनकुमार थापाले नेपाली कांग्रेसको समानुपातिक सूचीमा पहिलो नम्बरमा राखेर सांसद बनाएपछि आलोचना भएको छ ।
केसी थापाका ससुरा हुन् । ससुरालाई समानुपातिक सांसद बनाउन थापाले सबै शक्तिहरूको दुरुपयोग गरेको आरोप छ । केसीलाई कांग्रेसको संसदीय दलको नेता समेत बनाउन थापा लागेका छन् ।
थापाले दलित नेता समेत रहेका रुकुम पश्चिमका मानबहादुर नेपालीको नाम समानुपातिक सूचीबाट हटाइदिएका छन् । आफ्नो ससुरालाई सांसद बनाउन थापाले नेपालीको नाम हटाएको आरोप छ ।
दुर्गमको जिल्ला रुकुम पूर्वलाई न्याय गर्न सभापति शेरबहादुर देउवाले नेपालीलाई समानुपातिक सूचीको दलित आरक्षणमा पुरुषतर्फ पहिलो नम्बरमा राखेका थिए । कांग्रेस हाइज्याक गरेर भृकुटीमण्डप भेलाबाट आफूलाई सभापति घोषणा गरेका थापाले नेपालीलाई सांसद बन्न दिएनन् । बरु आफ्नो ससुरालाई पहिलो नम्बरमा सांसद बनाए । तर, एउटा दलित नेतालाई सांसद बन्ने अबसरबाट बन्चित गराएका छन् ।
दलित, आदिवासी जनजाति, मधेशी, महिलाप्रति सभापति देउवा उदार छन् । देउवाकै कारण कांग्रेसमा दलितहरूले अबसर पाउँदै आएका छन् । थापाले दलित नेता नेपालीप्रति देखाएको निरंकुश र अनुदारवादी चरित्रले कांग्रेसमा दलितहरूको भविष्य असुरक्षित छभन्ने सन्देश दिएको छ ।
केसी पञ्चायतमा रहेका बेला वीपी कोइरालालाई फाँसीको माग गरेर राजा समक्ष बिन्तिपत्र दिएका थिए । पछि तिनै केसी कांग्रेसमा प्रवेश गरेर हालिमुहाली गर्दै आएका छन् । कांग्रेसमा ससुरा केसी र ज्वाइँ थापाका कारण एउटा दलित नेतामाथि अन्याय भएपछि कांग्रेसभित्र न्यायको खोजी शुरु भएको छ ।
७८ वर्षीय केसीको परिवार नै अवसरै अवसरबाट लाभान्वित छ । अर्का ससुरा जगदीश्वर नरसिंह केसीलाई नुवाकोट २ मा प्रतिनिधि सभाको टिकट दिएका थिए । निर्वाचनमा जगदीश्वर नरसिंह केसीको लज्जाजनक पराजय भएको छ । अर्का ससुरा केदारनरसिंह केसीलाई थापाले भृकुटीमण्डप भेलाको कांग्रेसको केन्द्रीय सदस्य बनाएका छन् । अमेरिकामा बस्दै आएका अर्का ससुरा धनन्जय नरसिंह केसीलाई थापाले कांग्रेसको आकर्षक पद दिने तयारीमा छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया