भाटभटेनी सपरमार्केटका सञ्चालक गुरुङद्वारा प्रधानमन्त्री कार्कीसँग भेट
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भेट गरेका छन् ।
मंगलबार बालुवाटारस्थित सरकारी निवासमा कार्कीसँग व्यवसायी गुरुङले भेट गरेका हुन् । पत्नी र परिवारका सदस्यसहित व्यवसायी गुरुङले प्रधानमन्त्री कार्कीसँग भेट गरेर व्यवसायिक विषयमा कुराकानी गरेका हुन् ।
भाटभटेनी सुपरमार्केटमा ५० हजारभन्दा धेरैलाई व्यवसायी गुरुङले रोजगारी दिएका छन् । राज्यलाई अर्बौ रुपियाँ कर बुझाउँदै आएका छन् ।
भाटभटेनी सुपरमार्केट आक्रमणको निशानामा पर्दै आएको छ । आक्रमण हुँदा समेत भाटभटेनी सुपरमार्केटलाई गुरुङले उठाउँदै आएका छन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनमा भाटभटेनी सुपरमार्केटमा चोरी, लुटपाट तथा आगजनी भएको थियो । धेरै शाखाहरूमा क्षति भए पनि व्यवसायी गुरुङले क्षति भएका ती सुपरमार्केटलाई पुनः उठाएर सञ्चालन गर्दै आएका छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया