बागमती लोक सेवाको रिक्त सदस्यमा पुनम घिमिरे नियुक्त

काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगको रिक्त सदस्य पदमा पुनम घिमिरेलाई नियुक्त गरिएको छ ।

सोमबार बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काठमाडौंको नयाँबानेश्वर निवासी घिमिरेलाई नियुक्त गरेका हुन् ।

बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा शपथ दिलाएका छन् ।

शपथ कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा मगर, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापालगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2026 March 16, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया