कांग्रेस नेता एवम् नवनिर्वाचित सांसद शाहद्वारा माता पाटेश्वरीको दर्शन र महन्त श्री मिथिलेशनाथसँग भेट
कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले भारत, उत्तरप्रदेशको तुल्सीपुरस्थित माता पाटेश्वरी मन्दिरको दर्शनका साथै महन्त श्री मिथिलेशनाथ महाराजसँग भेट गरेर आशीर्वाद लिएका छन् ।
कांग्रेस नेता शाहले उत्तरप्रदेशको तुल्सीपुर पुगेर माता पाटेश्वरीको दर्शन गरि आशीर्वाद लिएका हुन् । नेता शाहले महन्त श्री मिथिलेशनाथ महाराजसँग भेट गरेर आशीर्वाद समेत लिएका छन् ।
महन्त श्री मिथिलेशनाथले नेता शाहसँग नेपाल र भारतका जनताबीचको सम्बन्ध अझै मजबुत बनाउन भूमिका खेल्न आग्रह गरेका छन् ।
माता पाटेश्वरी मन्दिर र दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेरास्थित श्री गोरक्ष रत्ननाथ मन्दिरबीच परम्परागत र धार्मिक सम्बन्ध रहेको छ । चौघेरा मन्दिरबाट गोरक्ष रत्ननाथको मूर्तिलाई माता पाटेश्वरीको मन्दिर तुल्सीपुरमा लैजाने गरिन्छ ।
महन्थ श्री मिथिलेशनाथ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग निकट मानिन्छन् । महन्त श्री मिथिलेशनाथ बेलाबेला पशुपतिनाथको दर्शनका लागि काठमाडौं जाने गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया