कांग्रेसका कार्यबाहक सभापति खड्काद्वारा स्व.ओलीप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले एमालेका अध्यक्ष केपी ओलीका पिता स्व.मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
आइतबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर कार्यबाहक सभापति खड्काले स्व.मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । उनले एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली र परिवारजनप्रति समवेदना प्रकट गरेको कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताएका छन् ।
कार्यबाहक सभापति खड्काले एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख समेत प्रकट गरेका छन् ।
ओली निवासमा कांग्रेसका कार्यबाहक सभापति खड्काका साथै केन्द्रीय सदस्य रामहरि खतिवडा, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा लगायतका नेताहरू पुगेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया