सुशीलाले आफ्नै स्वकीय सचिवलाई कोषको अध्यक्षमा मनोनीत, अर्याललाई राष्ट्रिय सभाको सांसद
काठमाडौं । चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छिन् ।
कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री कार्कीले आफ्नो स्वकीय सचिव श्रेष्ठलाई पाँच वर्षका लागि अध्यक्ष पदमा मनोनीत गरेकी हुन् । प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले पनि श्रेष्ठलाई कोषको अध्यक्षमा मनोनीत गरेको गरेको पत्रकारहरूलाई जानकारी दिएका छन् ।
श्रेष्ठ यसअघि प्रधानमन्त्री सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठलाई नियुक्ति गरेको भनी विवादमा परेका थिए । विवादपछि संगीता श्रेष्ठलाई सचिवालयबाट हटाइएको थियो ।
राष्ट्रिय समाचार समिति (रासस)सँग अन्तर्वार्तामा पनि प्रधानमन्त्री कार्कीले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जीवनमा बिर्सन नहुने गुन लगाएको बताएकी छिन् ।
यसैबीच, मन्त्रिपरिषदको बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
अर्याललाई निर्वाचन गराउने मात्रै जिम्मेवारी थियो । तर, शक्ति भएपछि प्रधानमन्त्री कार्कीले गृहमन्त्री अर्र्याल मिलेर नियुक्ति र मनोनीतहरू गरेका छन् ।
कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्रीले नै अध्यक्ष मनोनीत गर्नसक्ने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई मनोनीत गरेकी हुन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया