कांग्रेसले आयोगमा बुझाएको समानुपातिकको सूचीमा क–कसको नाम ? गगनका ससुरा कन्फर्म

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा पेश गरेको छ ।

आइतबार कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा गगनकुमार थापाका ससुरा अर्जुननरसिंह केसी र कालीबहादुर सहकारी खस आर्य पुरुषबाट नाम पठाएको छ । गगनले आफ्नो ससुराको नाम नकाटिने गरेर सिफारिस गरेर पठाएका छन् ।

खस आर्य महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया छन् । खस आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्थामा सोही क्लष्टरबाट महिलामा गंगा शाही हुनेगरी सूची पठाइएको एक नेताले जानकारी दिएका छन् ।

आदिवासी जनजातिमा महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम निश्चित भएको छ । आदिवासी जनजाति पुरुषबाट भीष्मराज आङ्देम्बे र मदनकृष्ण श्रेष्ठ (अपाङ्ग) नाम पठाइएको छ । यो क्लष्टरबाट महिलाको संख्या अपुग भएको अवस्थामा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी श्रेष्ठले अवसर प्राप्त गर्नेछिन् ।

थारु आरक्षणबाट प्रमिलाकुमारी गच्छदार परेकी छिन् । दलितबाट हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ ।

मधेशी कोटामा महिलामा निनुकुमारी कर्ण र रेखाकुमारी यादव परेका छन् । यसै क्लष्टरबाट पुरुषमा चन्द्रमोहन यादवको नाम सिफारिस भएको छ । मुस्लिम कोटामा शाहजान खातुन परेकी छिन् ।

Published : Sunday, 2026 March 15, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया