‘अबकी बार गगन सरकार’का प्रधानमन्त्री उम्मेदवारले चङरङ्ग हावा खाए, राजीनामा कार्यसमितिबाट उल्टाउने
काठमाडौं । ‘अबकी बार गगन सरकार’का प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापा आफ्नो निकटतम प्रतिद्वन्द्वीभन्दा १२ हजार ८ सय ५७ मतको अन्तरबाट पराजित भएपछि खैलाबैला भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार थापाले सर्लाही ४ बाट लज्जास्पद पराजय भोग्नुपरेको छ । थापा सामान्य २/३ हजार भोटको अन्तरले होइन १२ हजारभन्दा धेरै मतको अन्तरबाट पराजित भएका हुन् । थापा पार्टीको अन्तरघातबाट होइन, आफ्नै कर्तुत, अहँकार र घमण्डले पराजित भएका हुन् । थापालाई आफू लोकप्रिय छु र मतदाताले जिताएर पठाउँछन् भन्ने ठूलो घमण्ड थियो । सभापति शेरबहादुर देउवाको अनुहार लिएर चुनावमा जाँदा कांग्रेस हार्छ भनेर शेरबहादुर देउवा, वीपी कोइरालाका छोरा डा.शशांक कोइराला, गणेशमान सिंहका छोरा प्रकाशमान सिंह, गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला, कार्यबाहक सभापति पूर्णबहादुर खड्का लगायतलाई अपमान गरेर टिकट पनि दिएनन् । बाहिर निस्कन पनि दिएनन् ।
भृकुटीमण्डप भेलाबाट आफूलाई सभापति घोषणा गर्दै भावी प्रधानमन्त्रीको निर्णय गराएर निर्वाचनमा गएका थापाको लज्जस्पद पराजय भएको छ । चार पटक सांसद बनेका थापालाई ५औँ पटक सांसद बन्न खोज्दा जनताले हराएर सबक सिकाएका छन् । १ पटक समानुपातिक र ३ पटक समेत गरि ४ पटकसम्म सांसद बनेका थापाले स्मरण गर्न लायक कुनै पनि काम गरेका छैनन् । लय मिलाएर बोल्न जानेका, आफ्ना विरोधीहरूको साइबर सेना परिचालन गरेर चरित्रहत्या गर्न सिपालु थापाले कांग्रेसलाई उठ्नै नसक्ने गरेर सिध्याएका छन् । थापाले कांग्रेसलाई समाप्त पारेको कलंक बोक्नुपर्नेछ । त्यसको सजाय र दण्ड गाउँका कार्यकर्ताले समेत पाउने भएका छन् । कांग्रेसमा पटक पटक केन्द्रीय सदस्य, महामन्त्री लगायतका पदमा बसेका थापाले संगठनका नाममा सिन्को पनि भाँचेका थिएनन् भन्ने प्रमाणित भएको छ ।
थापा आफू त पराजित भए नै, कांग्रेसलाई पनि इतिहासकै लज्जाजनक पराजयको अवस्थामा पु¥याएर छाडेका छन् । कांग्रेसलाई पशुपति आर्यघाटमा पुर्याएका छन् । प्रधानमन्त्रीको उम्मेदवार बनेका थापा आफू पनि चङरङ्ग परेका छन् ।
तत्कालीन पार्टी सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कहिल्यै पनि थापालाई विश्वास गरेनन् । सधै थापालाई अविश्वास गरेका थिए । सबै कुरा बुझेका गिरिजाबाबुले थापालाई आफ्नो नजिक आउनै दिएनन् ।
थापाले सभापति पदबाट राजीनामा दिने भनेर मिडिया ट्रायल गरिरहेका छन् । आफू पनि हारे, कांग्रेसलाई पनि हराएका थापाले उनकै भाषामा ‘ईफ, बट’ केही नभनेर राजीनामा दिनुपर्ने थियो । तर, मिडिया ट्रायल र आफ्ना साइबर सेनाहरूलाई सक्रिय बनाएका छन् । थापाले राजीनामा दिए पनि नदिने पनि कुनै अर्थ छैन । थापालाई कांग्रेसको बहुमतले सभापति स्वीकार गरेकै छैनन् । थापाले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा गरेको नौटंकीलाई संसारले बुझेको छ ।
थापा कसेको डिजाइनमा नराम्रोसँग फसे ? अहिले आएर बुझेको हुनुपर्छ । कांग्रेसका गाउँका कार्यकर्ताले समेत थापा कसेको जालमा परेर ढले भन्ने कुरा बुझिसकेका छन् । तर, थापाले अहिलेसम्म बुझेका छैनन् ।
थापाले सभापतिबाट केन्द्रीय कार्यसमितिमा आफ्नो राजीनामा दिनेछन् । थापाको राजीनामालाई कार्यसमितिले अस्वीकार गर्नेछ । थापाले टीको लगाएर बनेको भृकुटीमण्डप भेलाको कार्यसमितिबाट कुनै गतिलो निर्णय हुनै सक्ने छैन । किन भने त्यो कार्यसमिति थापाको ‘सास र दास’ भनेर चर्चा भइरहेको छ । थापाले आफू निकटका नेता र समर्थकहरूलाई राजीनामा दिनु हुँदैन भनेर एककिसिमको प्रचारबाजी गराइरहेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया