मोहनप्रसाद ओलीको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी ओलीका पिताको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

शुक्रबार सभापति देउवाले सामाजिक सञ्जालमार्फत मोहनप्रसाद ओलीको निधन भएकोप्रति शोक व्यक्त गरेका हुन् ।

सभापति देउवाले भने, ‘नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनको खबरले दुखी भएको छु । बुबाको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

Published : Friday, 2026 March 13, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया