राप्रपाका उपाध्यक्ष र केन्द्रीय सदस्यलाई कारबाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक उपाध्यक्ष र एक केन्द्रीय सदस्यलाई कारवाही गरेको छ ।
पार्टीको हितविपरित कामकारवाही गरेको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर राप्रपाले उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई जिम्मेवारीबाट हटाएका हुन् ।
उनीहरूलाई साधारण सदस्यमात्र रहने गरी कारवाही गरेको उल्लेख गरेका छन् । पार्टीको हित विपरित गतिविधि गरेको, नीति र नेतृत्वबारे भ्रम फैल्याएको, पार्टीविरुद्ध अभिव्यक्ति दिएको लगायत कारण देखाउँदै उनीहरूलाई कारवाही गरिएको राप्रपाले जनाएको छ ।
दुवै नेतालाई अध्यक्ष लिङदेनले आफैं उपाध्यक्ष र केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । अध्यक्ष लिङदेन आफू पनि निर्वाचनमा पराजित भएका छन् । राप्रपाबाट ज्ञानेन्द्रबहादुर शाहीले मात्रै जुम्लाबाट जितेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया