इनिशा घटनाका दोषीलाई हदैसम्मको कारबाही होस् : कांग्रेस कार्यबाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादूर खड्काले इनिशा विक घटनालाई मानवता विरोध दर्दनाकभन्दै दोषीउपर कडा कारबाहीको माग गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत कार्यबाहक सभापति खड्काले इनिशाका घटनाका दोषीलाई कानून बमोजिम हदैसम्मको कारबाही माग गरेका हुन् ।

उनले भने, ‘सुर्खेतको ईनिशा घटनालाई मावता बिरोधी दर्दनाक घटनाको रूपमा लिदै दोषीउपर कडाभन्दा कडा कानूनी कारबाहीका लागि माग गर्दछु ।’

‘सरकार र सरोकारवाला पक्षको यथाशीघ्र निष्पक्ष छानबिनका गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ खड्काले भनेका छन् ।

‘सुर्खेतको वीरेन्द्रनगरको जङ्गलमा १६ वर्षीया इनिशा विक बहिनीमाथि भएको जघन्य अपराध, सामूहिक बलात्कार र बिभत्स हत्याको समाचारले मर्माहत बनाएको छ,’ खड्काले भने, ‘यस मनावता बिरोधी दर्दनाक घटनाको निष्पक्ष अनुसन्धान र छानबिनमा कहिँकतैबाट दबाब र प्रभाव हुन नपाओस ।’

‘यसमा सबैको निरन्तरको खबरदारी जरुरी छ,’ कांग्रेसका कार्यबाहक सभापति खड्काले भने, ‘दोषीलाई कानूनको कठघरामा उभ्याई हदैसम्मको कडा कारबाही गर्न सरकार र सम्बन्धित निकाय थप गम्भीर बनोस ।’

कार्यबाहक सभापति खड्काले इनिशा विकप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गरेका छन् ।

इनिशा विक बलत्कारपछि हत्याको घटनाको विरोधमा देशभरि विरोध प्रदर्शन भइरहेका छन् । प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिहरूलाई पक्राउ समेत गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)सहितका दक्ष अनुसन्धान अधिकृतहरूलाई हेडक्वाटरले खटाएको छ ।

Published : Thursday, 2026 March 12, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया