ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो
लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ ।
इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । बिहीबार बिहान मात्रै दुई तेल ट्यांकरमा आक्रमण भएको केही घण्टामै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ ।
तेहरानले खाडी क्षेत्रका छिमेकी देश तथा इजरायलतर्फ नयाँ आक्रमणको लहर चलाएपछि क्षेत्रीय तनाव झनै चर्किएको छ । इरानले यो युद्ध लामो समयसम्म चल्न सक्ने चेतावनी दिँदै त्यसले विश्व अर्थतन्त्रलाई ध्वस्त पार्न सक्ने दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अन्ततः पराजयको दिशामा पुगेको दाबी गरेका छन् । उनले युद्ध तत्काल समाप्त नहुने चेतावनी पनि दिएका छन् ।
अमेरिकाले इरानको पूर्वाधारमा आक्रमण गर्न सक्ने संकेत दिँदै त्यसको पुनर्निर्माण गर्न एक पुस्ता लाग्न सक्ने ट्रम्पको धम्की छ ।
अमेरिका र इजरायलले शुरु गरेको यो युद्ध विस्तार हुँदै जाँदा क्षेत्रका विभिन्न देशहरू प्रभावित भएका छन् । लेबनानमा इजरायली आक्रमण तीव्र बनेको छ । लेबनानमा हालसम्म ६३० भन्दा बढी मानिसको मृत्यु भएको छभने आठ लाखभन्दा बढी नागरिक विस्थापित भएका बताइको छ ।
होर्मुज जलडमरूमध्ये आसपासका समुद्री मार्गहरू पनि प्रभावित भएका छन् । संयुक्त अरब इमिरेट्सनजिकै एउटा कन्टेनर जहाजलाई अज्ञात प्रक्षेप्यले प्रहार गर्दा सानो आगलागी भएको बेलायती समुद्री सुरक्षा एजेन्सीले जनाएको छ । सबै चालकदल सुरक्षित छन् ।
यसअघि इराकनजिक दुई तेल ट्यांकरमा आक्रमण हुँदा कम्तीमा चालक दलका एक सदस्यको मृत्यु भएको र ३८ जनालाई उद्धार गरिएको अधिकारीले बताएका छन् ।
विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने होर्मुज जलडमरूमध्ये अहिले युद्धको तनावका कारण प्रभावकारी रूपमा अवरुद्ध हुने जोखिममा पुगेको विश्लेषकहरूले बताएका छन् । इरानले पनि खाडीबाट एक थोपा तेल निर्यात हुन नदिने चेतावनी दिएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया