गगनलाई प्रश्न– तु इधर–उधर कि बात न कर, ये बता काफिला क्यु लुटा ?
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाको बैठकमा भनेको हिन्दी कविता (सायर) गगनकुमार थापाको हकमा ठ्याक्कै लागू भएको छ ।
नेता लेखकले भनेका थिए ‘तु इधर–उधर कि बात न कर, ये बता काफिला क्यु लुटा ? मुझे रहजनों से गिला नहीं, तेरी रहबरीका सवाल है ।’
विशेष महाधिवेशनको नाममा गगनले भृकुटीमण्डपमा भेला गरेर आफूलाई सभापति घोषणा गरे । त्यति मात्रै होइन गगनले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार पनि घोषणा गराए । सभापति र भावी प्रधानमन्त्री घोषणा गराएका गगनले अहिले आएर कांग्रेस पराजय हुनुको अपजस लिन आनाकानी गरिरहेका छन् । कांग्रेसको लज्जास्पद हार भएपछि ‘मेरो राजीनामा माग्न थाले’ भनेर गगनले मिडिया ट्रायले गरिरहेका छन् । गगनलाई राजीनामा दिनु हुँदैन भनेर सामाजिक सञ्जालमा बोल्ने र लेख्नेहरूमा ससुरा अर्जुन नरसिंह केसी पहिलो नम्बरमा छन् । त्यसपछि गोपालमान श्रेष्ठ लगायतका साइबर सेनाहरू छन् ।
सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित बहुमत पदाधिकारी र कार्यसमितिका सदस्यहरूले राजीनामाको ‘र’ पनि उच्चारण गरेका छैनन् । किन भने उनीहरूले भृकुटीमण्डप भेलालाई विशेष महाधिवेशनको रुपमा स्वीकार गरेकै छैनन् । अनि किन उनीहरूले गगनको राजीनामा माग्ने ? मागेका छैनन् । माग्दा पनि माग्दैनन् ।
कांग्रेसको लज्जास्पद पराजयको अपजसबाट भाग्न गगनले राजीनामा मागे भनेर मिडिया ट्रायल गरेर विषयन्तर गर्न खोजेका छन् । आफ्नो राजीनामा गगन आफैले माग्न लगाएका छन् । समाचार पनि आफै लेखाएका छन् । गगनले राजीनामा देउन् कि नदेउन् त्यसको खासै मतलब छैन । नैतिकता हुनेले उच्च नैतिकता प्रदर्शन गर्ने हो । नैतिकता नहुनेले हुतिहारा कुरा गरेर मिडिया ट्रयलमै जाने हो ।
चुनावको मुखमा कांग्रेस हाइज्याके गरेका गगनले कांग्रेसलाई खाल्डोमा त हाले कै हुन् । आफू पनि सर्लाही ४ मा १२ हजार ८ सय ५७ मतको अन्तरबाट पराजित भएका छन् । कांग्रेसलाई ईतिहाँसकै कठिन अवस्थामा पुर्याएका छन् । आफूलाई भावी प्रधानमन्त्री घोषणा गरेका गगन १२ हजार ८ सयभन्दा धेरै मतको अन्तरबाट पराजित हुनु भनेको उनी जनताका बीच अलोप्रिय छन् भन्ने प्रष्ट सन्देश हो । कांग्रेसका नेतृत्व र भावी प्रधानमन्त्रीमा गगनलाई जनताले अस्वीकार गरिसकेका छन् । अस्वीकृत भएको व्यक्तिबाट उच्च नैतिकता र राजनीतिक संस्कारको अपेक्षा गर्नु खासै अर्थ छैन ।
कांग्रेसलाई हाइज्याक गरेको, कांग्रेसलाई ईतिहाँसको कठिन अवस्थामा लगेको, पराजित गराएको, शीर्ष नेताहरूको अपमान गरेको जवाफ गगनले दिनै पर्छ । चार पटकसम्म सांसद बनेर १८ वर्ष हालिमुहाली गरेका गगन सरकारको मन्त्री र पार्टीको महामन्त्री, केन्द्रीय सदस्य बनेर शक्तिको केन्द्र वरीपरी घुमेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया